तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा जङ्गली बँदेलको आक्रमणबाट एक युवक घाइते

कञ्चनपुर । जङ्गली बँदेलको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका ३३ वर्षीय धनबहादुर बोहरा घाइते भएका छन् ।
आक्रमणबाट सख्त घाइते भएका बोहराको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनको घाँटी, हात र खुट्टामा गहिरो घाउ भएको छ । आँगनमा खेल्दै गरेका बालकलाई बचाउन खोज्दा आफूलाई बँदेलले एक्कासि आक्रमण गरेको बोहोराले बताउनुभएको छ ।
बँदेल गाउँ नजिकै रहेको सामुदायिक वनबाट आँगनमा आइपुगेको स्थानीयले बताएका छन् । बँदेलले गहुँ बालीमा नोक्सानी समेत पुर्‍याउन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button