मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रीबाट अवलोकन (लाइभ)

काठमाडौं, २२ फागुन – मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरी जल आइपुगेको छ । दुई दशक लामो प्रतीक्षापछि मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा आइपुगेको हो।
आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि छाडिएको पानी आज सुन्दरी जलस्थित प्रशोधन केन्द्रमा झरेको हो ।

मेलम्चीको पानी सुन्दरी जलमा झरेपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन गर्न सुन्दरीजल पुग्नुभएको छ । ।
प्रधानमन्त्रीले अहिले बटन दबाई जल प्रभाको शुभारम्भ गर्नुभएको छ ।
यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि पानी छोडिएको थियो ।
मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रम (लाइभ) :








प्रतिक्रिया राख्नुहोस्