तपाईँ सुन्दै हुनुहुन्छः

खेल क्षेत्रमा उत्कृष्ट विद्यार्थीका लागि छात्रवृत्ति स्थापना

भोजपुर । खेलकुद क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले भोजपुरमा रहेको बिद्योदय माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा १ लाख १५ हजार १ सय १५ राशिको “उदयमान खेलकुद छात्रवृत्ति अक्षयकोष” को स्थापना गरिएको हो । विद्यालयका पूर्व खेलाडी विद्यार्थी उदयमान नेपालीको स्मृतिमा निजकी श्रीमती पार्वती श्रेष्ठसहित परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको विद्यालयले जनाएको छ ।

अक्षयकोषबाट यस वर्षका लागि एक एक जना छात्र तथा छात्रालाई प्रति विद्यार्थी ४ हजार ५ सय ५५ का दरले छात्रवृत्ति समेत संस्थापकबाट वितरण गरिएको छ ।

विद्यालयको कक्षा ९ देखि १२ सम्म अध्ययनरत मध्ये खेल क्षेत्रमा उत्कृष्ट प्रतिभा भएका विद्यार्थीको पहिचान गरी हरेक बर्ष छात्रवृत्ति प्रदान गरिने विद्यालयका शिक्षक बद्रीविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

विद्यालयमा स्थापना हुने यस्ता अक्षयकोषहरूले विद्यार्थीको पठनपाठनका साथै उनीहरूको प्रतिभा पहिचानमा समेत मद्दत मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button