तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायीक कालिज पालनमा जुट्दै जुम्ली युवा

जुम्ला । पछिल्लो समय जुम्लाका युवाहरू व्यवसायी क्षेत्रमा उन्मुख हुँदै गएका छन् । कोरोनाका कारण घर फर्किएका अधिकांश जुम्ली युवा व्यवसायी कर्ममा जुटेका हुन् । कालिज पालन,कुखुरा पालन,टर्की पालन,स्याउ खेती लगायतका व्यवसायी कर्ममा युवाहरू अग्रसर भएका हुन् ।

जुम्ला गुठिचौर गाउँपालिका ४ का युवा महाकृष्ण पाण्डेले गाउँमै १५ लाख लगानीमा कालिज पालन व्यवसाय सुरु गरेका छन् । एक वर्ष पहिलेबाट व्यवसाय सुरु गरेका पाण्डेले कालिज पालनबाट मनग्य आम्दानी भइरहेको बताउनुभयो ।
जङ्गली कालिजको संरक्षण गर्ने, उपभोक्तालाई कालिजको मासु उपलब्ध गराउने, चल्ला उत्पादन गर्ने लक्ष्यका साथ गाउँमै कालिज पालन सुरु गरिएको पाण्डेको भनाई छ । कोभिडपछि थलिएको अर्थतन्त्रले रोजगारी घुम्यो पछि गाउँमै व्यवसाय सुरु गर्नेको सङ्ख्या जुम्लामा बढ्दै गइरहेको छ ।

चन्दननाथ नगरपालिकाका ४ का सर्पानन्द हमालले पनि व्यवसायी कालिज पालनबाटै मनग्य आम्दानी गरिरहेका छन् । सुरुमा १ सय ५० भन्दा बढी कालिज पालन गरेका हमालले सबै विक्री गरेर अहिले २५–३० मात्रै रहेका छन् । कोभिडपछि लाखौँको लगानी गरी व्यवसायी कालिज पालन,कुखुरा पालन र फुजि स्याउ खेती गर्न लागेको हमालले बताउनुभयो ।
कालिजलाई चिसो क्षेत्र चाहिने र चिसो स्थानमा कालिज व्यवसाय राम्रो हुने भएपनि जुम्लामा कालिज पालन व्यवसाय फस्टाउँदै गएको पशुपन्छी विज्ञहरू बताउँछन् । चिसोमा हुर्किएका कालिजको मासु स्वादिष्ट हुने भएकोले पनि माग बढी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button