तपाईँ सुन्दै हुनुहुन्छः

रवीन्द्र अधिकारी स्मृति ग्रन्थ सार्वजनिक

काठमाडौँ । २ वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन हुनुभएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको स्मृति ग्रन्थ आज काठमाडौँमा लोकार्पण गरिएको छ ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको एक समारोहबिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले संयुक्त रुपमा स्मृति ग्रन्थ लोकार्पण गर्नुभयो ।

स्मृति ग्रन्थमा स्वर्गीय .अधिकारीको बहु आयामिक योगदानका विषयमा १ सय २२ जना लेखकका लेख समेटिएको छ ।

मौसममा आएको खराबीका कारण २ वर्षअघि फागुन १५ गते ताप्लेजुङको पाथीभराबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button