अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्छ : अध्यक्ष चौधरी

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा केन्द्रिय कार्यालय रहेको फरर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कार्यक्रममा संस्थाकी अध्यक्ष भगवती चौधरीले अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरिन् ।
फरर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ८ औ वार्षिक साधारण सभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार संस्थाको मुनाफा २२ करोड ५० लाख रुपैयाँ रहेको जनाएको छ ।
फरर्वाडले सुनसरी सहित ३९ जिल्लाको १४१ शाखा मार्फत वित्तीय कारोबार गर्दै आएकोमा यो आर्थिक वर्ष २०७६।०७७ मा १५ अर्ब ३ करोडको कारोबार गरेकोमा सो बराबरको मुनाफा कमाएको जनाएको छ ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाकी अध्यक्ष भगवती चौधरीले वित्तीय संस्थाको माध्यमबाट बचत, ऋण तथा सामाजिक र आर्थिक सशक्तीकरण गर्दै सामाजिक सेवा सहितको काम गर्दा यो वर्ष २२ करोड मुनाफा भएको बताउनुभयो ।
आयोजित कार्यक्रममा चौधरीले विगतमा महिलाहरूले उद्यम गर्नुपर्छ वा उद्यमी हुनुपर्छ भन्ने महत्त्वको महसुस नगरिएको महिलाले व्यवसाय किन गर्नुप¥यो भन्ने मान्यता समाजमा थियो । अझै सम्पन्न परिवारका महिला छन् भने तपाइको बुवाको सम्पत्ति छ वा लोग्नेको कमाई छ, किन दुःख गर्नुप¥र्यो वा छोरीलाई आयआर्जनको आवश्यकता नै छैन भन्ने चलन थियो । कालान्तरमा यो सोचमा परिवर्तन आएको विषय सबैले महसुस गरेका छन् । अहिले समाजमा महिलाहरू पनि आर्थिक कार्यमा सक्रिय रहेर आत्मनिर्भर हुनुपर्छ भन्ने सोच आएको छ ।
उहाँले लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गर्दै आठौँ साधारण सभा सम्पन्न भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्