तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन गर्ने पर्साका सबै पालिकाको प्रतिबद्धता

वीरगञ्ज । बिपत बाल अधिकारको सुनिश्चितता हाम्रो सबैको साझा प्रतिबद्धता भने मूल नाराका साथ आज वीरगन्जमा बाल अधिकारको संरक्षण प्रवर्द्धन तथा बालबालिकासम्बन्धी ऐनको कार्यान्वयनमा स्थानीय तहको भूमिकासम्बन्धी जिल्ला स्तरीय समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति पर्साको आयोजनामा राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण तथा समन्वयमा गोष्ठी सम्पन्न भएको हो । जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्मद अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका १४ वटा पालिकाले ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा बाल अधिकारको सम्बन्धमा नेपालको कानुनका बारेमा राष्ट्रिय बाल अधिकार परिषद्की नमुना भुसालले कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बाल अधिकारको सवालमा सबै जनप्रतिनिधि तथा कर्मचारी एक जुट भई अग्रगामी तरिकाले अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पर्साका १४ वटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, महिला तथा बालबालिका शाखाका प्रमुखहरू, गैरसरकारी संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button