गाउँपालिका सार्न खोजेको भन्दै चन्द्रनगरमा तालाबन्दी

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
वडा नं. ७ मा रहेको गाउँपालिकाको कार्यालय वडा नं. २ मा सार्न खोजेको भन्दै स्थानीयले तालाबन्दी गरी प्रदर्शन गरिरहेको छन् । अहिले चन्द्रनगरको अवस्था तनावग्रस्त रहेको छ ।

प्रदर्शनकारीहरू गाउँपालिकाको भवन नाढी तालमै राख्नुपर्ने, नाढी तालमै गाउँपालिकाको भवन बनाई शाखाहरू छुट्टाछुट्टै राख्नुपर्ने, विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने, सूचनाको हक सम्बन्धी प्रावधान कार्यान्वयन गर्नुपर्ने लगायतको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्