लागु औषध चरेससहित २ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरबाट लागु औषध चरेससहित २ जना पक्राउ परेका छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका–४ त्रिवेणी चोकबाट सोही ठाउँका ३४ वर्षीय कमल दौल्याल र २० वर्षीय जीवन ऐरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट १ सय ५० ग्राम चरेस बरामद गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्