बर्दियामा कोभिड विरुद्धको खोप अभियानको तयारी तीव्र
बर्दिया । कोभिड–१९ विरुद्धको खोप अभियानलाई बर्दिया जिल्लामा सफल पार्न सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरी तयारी तीव्र बनाइएको जनाएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाको आयोजना गरी यही फागुन २३ गतदेखि सञ्चालन हुने खोप अभियानको तयारी तीव्र रुपमा भइरहेको जनाएको हो ।
कार्यक्रममा सरकारवालाईहरुलाई खोप अभियानको बारेमा जानकारी गराउँदै आफ्नो क्षेत्रबाट सहयोगको लागि अनुरोध गरिएको छ ।
खोप अभियानमा ६५ वर्षभन्दा बढी उमेर समूहका लागि बर्दिया जिल्लामा करिब २१ हजार ७ सय १५ जनामा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी गराउनु भएको छ ।
हाल बर्दियामा पहिलो चरणमा लक्षित गरिएका (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, सञ्चारकर्मी, सेवा प्रदायक निकायका कर्मचारी, जनप्रनिधिहरु) मध्ये ६ हजार ७ सय ७ जनामा कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।
दोस्रो चरणमा ६५ वर्षभन्दा माथिका कुल जनसङ्ख्याको ४.४ प्रतिशतमा र लक्षित गरिएका मध्यमा छुट भएकाहरूमा पनि खोप कार्यक्रम रहेको बताइएको छ ।
बर्दियामा ८ वटा पालिकाको ७५ वटा वडामा ६५ वटा खोप केन्द्र सञ्चालन हुने छ । उक्त खोप केन्द्रमा १ सय ३० जना तालिम प्राप्त स्वास्थ्यकर्मी र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू परिचालित हुने छन् ।
कार्यक्रममा बर्दिया जिल्ला प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्