बाराको दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माण कार्य तीव्र
बारा । बाराको पथलैया निजगढ सड्क खण्डमा पर्ने दुुधौरा खोलामा चार लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
पूर्वपश्चिम लोक मार्ग अन्तर्गत पर्ने दुधौरा पुल ५ वर्षमा २ पटक भासिएकोले अहिले चार लेनको पुल निमार्ण कार्य सुरु गरिएको हो ।
सडक विभाग मातहतका पुल महाशाखाले पुल निर्माण गर्ने जिम्मा महादेव खिम्ती हिराजन जेभीलाई दिइएको छ ।
८९ मिटर लम्बाई र २३ मिटर चौडाइ भएको पुल निर्माण गर्न १५ करोड २३ लाखको लागतमा महादेव खिम्ती हिराजन जेभीसँग सम्झौता गरिएको छ ।
३ वर्ष भित्र निर्माण सम्पन्न गर्नु पर्ने गरी सम्झौता भएता पनि २ वर्ष मै निर्माण सम्पन्न गरिने योजनाका साथ काम अगाडि बढाइएको महादेव खिम्ती हिराजन जेभीका इन्जिनियर अजय झाले बताउनुभयो ।
हाल पुलमा निर्माण नहुन्जेल सम्मलाई खोलाको बाटोबाट डाईभर्सन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्