तपाईँ सुन्दै हुनुहुन्छः

हवाई कारबाहीमा २३ लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार बताउनु भएको छ ।

यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।रासस /सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button