तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी पीडितहरुलाई राहत वितरण

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा भएको आगलागी पीडितहरुलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले राहत वितरण गर्न थालिएको छन् । आगलागी पीडितहरुलाई मेरिङदेन गाउँपालिकाले प्रति परिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले भाडाँवर्तन र उद्योग वाणिज्य संघले २० केजी चामल, नुन, तेल लगायतका सामग्री वितरण गरेको छ । आगलागीपछि भएको क्षतिको विवरण सङ्कलनको काम सुरु भएकोले बुधवार मध्यान्न सम्ममा क्षतिको वितरण आउने ताप्लेजुङका प्रहरी नायव उपरिक्षक वालनरसिंह राणाले जानकारी दिनुभयो ।

दोभान बजारमा मंगलबार आगलागीबाट ४९ घर जल्दा ७९ परिवार विस्थापति बनेको साविक क्षेत्र नं २ को मुख्य ब्यापारिक केन्द्र रहेको दोभान बजारमा प्रत्येक घरमा ब्यवसाय सञ्चालन गरिएको थियो ।

आगो दमकाल, सुरक्षकर्मी,स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । मिरिङ्देन गाउँपालिका वडा नं ३ को दोभानमा मंंगलबार विहान नौ बजे तिर स्थानिय भोला पौडेलको घरबाट विद्यतशर्ट भएर आगलागी सुरुभएको अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button