तपाईँ सुन्दै हुनुहुन्छः

‘द स्याडोज इन सिलियन’ सार्वजनिक

नेपालको मध्ययुगिन समाज र संस्कृतिलाई काल्पनिक शैलिमा प्रस्तुत गरी अँग्रेजी भाषामा लेखिएको उपन्यास ‘द स्याडोज इन सिलियन’ सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा.जमान गुरुङ र प्राध्यापक कमल राजसिंह राठोरले आज काठमाडौंमा आयोजित कार्यक्रममा सह–सेनानी कृतार्थ शम्शेर राणाको पहिलो कृतिको संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

प्रतिभा, व्युत्पत्ति र अभ्यासको मिश्रणका रुपमा रहेको सो कृतिमा शास्वत मर्म र कलात्मक पक्षलाई चित्रण गरिएको छ । उपकुलपति डा.गरुङले काब्य साधनाले मानिसलाई उत्कृष्ट बनाउने र आफ्नो पेशागत दक्षतामा थप कुशलता ल्याउने उल्लेख गर्नुभयो ।

उपकुलपति गुरुङले काव्यसाधनाले मात्र व्यक्तिको यश र इज्जतप्रतिष्ठा बढाउने भएकाले त्यस साधनामा लाग्न सबैसँग आग्रह गर्नुभयो ।
कठोर मन हुने व्यक्तिले साहित्य सिर्जना गर्न कठिन हुने भए पनि सैनिक सेवामा रही साहित्य रचना गर्नु आफैँमा चुनौतीपूर्ण रहेको बताउँदै उपकुलपति गुरुङले इच्छा राखेर अघि बढ्न खोजे के सम्भव छैन भन्ने दृष्टान्तका रुपमा पुस्तक रहने धारणा व्यक्त गर्नुभयो ।

कृतिका समीक्षक दिपेन्द्र अधिकारी र सगुना शाहले प्रतिभा र अभ्यास प्रयोग भएको कृतिमात्र सार्थक हुन सक्ने बताउनु भयो ।
प्राध्यापक कमलसिंह राठौरले सेनाको व्यस्त जीवनमा रहँदा आफ्नो सिर्जनशीलताको उपयोग गरी कृति तयार गर्नु प्रशंसनीय कार्य रहेको बताउनुभयो ।

कृतिका सर्जक सह–सेनानी कृतार्थ शम्शेर राणाले आफ्नो बाल्यकालमा अग्रजहरुले सुनाउनुभएको आख्यानलाई आधार बनाएर तयार पारिएको उपन्यासलाई अन्तिम रुप दिन झण्डै ६ वर्ष लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button