अज्ञात समूहद्वारा हुलास स्टिलमा बम विस्फोट
वीरगञ्ज । अज्ञात समूहले गए राति पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ को बहुअर्वाभट्टास्थत निर्माणाधीन हुलास स्टिल एन्ड इण्ड्रिस्टिज प्रालिमा बम विस्फोट गराएको छ ।
विस्फोटबाट उद्योगको भवन, कोठा तथा झ्यालका शिशाहरु फुटेको र पर्खालमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।
गए राति १० बजेको समयमा निर्माणाधीन उद्योगमा विस्फोट भएको समाचार सार्वजनिक भएसँगै प्रहरी घटना स्थलमा पुगेको थियो । स्थानीय बासिन्दाहरूले अज्ञात समूहले उद्योगमा प्रेसर कुकर बम विस्फोट गराएको बताएका छन् ।
यता बम विस्फोट विप्लव समूहले गराएको हुनसक्ने अनुमान गरिएको छ । केही दिन अगाडी विप्लव समूहले उद्योगका सञ्चालक शरद गोल्छासँग १५ लाख रुपैयाँ आर्थिक सहयोग माग गरेको र गोल्छाले रकम दिन इन्कार गरेपछि बम विस्फोट गराएको हुन सक्ने वीरगन्जका उद्योग व्यवसायीहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्