१७ सयले घट्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

काठमाडौँ । मंलगबार सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १७ सयले घटेर ८७ हजारमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ८८ हजार ७ सयमा कारोबार भएको थियो ।त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रहेको छ ।
त्यसैगरी आज चाँदी भने तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्