तपाईँ सुन्दै हुनुहुन्छः

बस र मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु

सांकेतिक तस्बिर

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटामा बस र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वनहरा जंगलमा कैलालीको धनगढीदेखि कञ्चनपुरको महेन्द्रनगरतर्फ सवार ना ४ ख १७६४ नम्बरको बस र विपरित दिशातर्फ सवार म ३ प १४८० नम्बरको मोटरसाइकल सोमबार एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार महेन्द्रनगर बस्ने २४ वर्षीय दिनेश दमाई र कृष्णपुर बस्ने २७ वर्षीय प्रकाश दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालक वेदकोट बस्ने माधव सिंह गडाल र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button