तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप २०७७ फुटबल प्रतियोगिताको उपाधि आयोजक रातोले जित्यो

सुनसरी । बराहक्षेत्र ३ महेन्द्र माविको खेलमैदान न्यु जेनेरेसन क्लबद्वारा जारी दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप २०७७ फुटबल प्रतियोगिताको उपाधि आयोजक रातोले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा शान्तिनगर फुटबल क्लब इटहरीलाई ० विरुद्ध ३ गोलले पाखा लगाउँदै आयोजक रातोले ५१ हजार १ सय ११ रुपैयाँ साथै ट्रफी मेडल प्रमाणपत्र हात पारेको छ ।

आयोजक रातोका जर्सी नम्बर ११ विवेक राईलाई खेलको ६ मिनेटमा डी एरिया भित्र शान्तिनगर फुटबल क्लबका खेलाडीले फउल गरी लडाए पछि पाएको पाएको अवसरलाई आयोजक रातोका जर्सी नम्बर ७ सुनिल खड्काको प्रहार सिधै गोल हुँदै पहिलो खाता खोलेका थिए ।

खेलको ७ मिनेटमा आयोजक रातो जर्सी नम्बर ५ खेलाडी साथै क्याप्टेन जीवन धामी गोल गर्दै पहिलो हाफ सम्म ०–२ गोल सहित आयोजक रातोले अग्रता लिएको थियो ।

दोस्रो हाफमा पनि शान्तिनगर फुटबल क्लबलाई आयोजक रातोले कुनै गोल गर्ने अवसर दिएन । दोस्रो हाफको १८ मिनेट आयोजक रातोका जर्सी नम्बर ५ क्याप्टेन जीवन धामीको पासलाई जर्सी नम्बर १४ कृष्ण थापाले गोल गर्दै खेल लाई ०–३ गोल गर्दै खेल जित्न सफल भएको छ ।

यता शान्तिनगर फुटबल क्लबले गोल फर्काउने केही अवसर लाई सदुपयोग गर्न नसक्दा शान्तिनगरले हार खेप्दै दोस्रो पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनुप¥यो ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्न सफल आयोजक रातोका जर्सी नम्बर ७ सुनिल खड्का खेलको म्यान अफ द म्याच घोषित उनले एक हजार १ सय प्राप्त समेत गरे । वेस्ट गोलरक्षक आयोजक रातोका पारस कटुवाल, वेस्ट मीड फिल्डर आयोजक रातोका जर्सी नम्बर ११ विवेक राईले, वेस्ट फर्वड शान्तिनगरका जर्सी नम्बर १० सुसन लामा, वेस्ट डिफेन्स आयोजक रातोका जर्सी नम्बर ४ अशोक खवास घोषित भए । ऊनीहरूले जनही १५ सय प्राप्त गरे

वेस्ट प्लेयर आयोजक रातोका जर्सी नम्बर ५ क्याप्टेन जीवन धामी घोषित भए उनले २५ सय हात पारेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button