तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा एक पुरुष मृत फेला

कैलाली । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर–१ लम्की बहुमुखी क्याम्पस नजिक स्थानीय ५१ वर्षीय गणेशबहादुर थापा मृत अवस्थामा फेला परेका हुन् ।

आज दिउसो १ बजेतिर भेट्टिएका थापाको शव नजिक सल्फास नामक विषादी समेत फेला परेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाहाले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि धनगढी लाने तयारी भइरहेको प्रमुख शाहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button