तपाईँ सुन्दै हुनुहुन्छः

आज ७३ जनामा कोरोना संक्रमण पुष्टि, ६४ जना निको

काठमाडौँ । आज ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ४९ वटा नमूनाको परीक्षण गर्दा ४४ पुरुष र २९ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट आज ६४ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ३ जनाको मृत्यु भएसँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ७ सय ७७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button