तपाईँ सुन्दै हुनुहुन्छः

महिला हिंसा न्यूनीकरणका लागि समिति मार्फत अनुगमन भइरहेको उपाध्यक्ष दाहालको भनाई

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले विभिन्न मिडियामा आबद्ध महिला पत्रकारहरूसँग लैङ्गिक हिंसा न्यूनीकरण लगायतका विषयमा छलफल गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा आज सिंहदरबारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष दाहालले बढ्दो महिला हिंसा न्यूनीकरणका लागि कानुन कार्यान्वयनको अवस्थाको विषयमा राष्ट्रिय सभाको समिति मार्फत अनुगमन भइरहेको बताउनुभयो ।
छलफलमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारहरूले महिला हिंसा न्यूनीकरणका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन र त्यो कार्यान्वयन भए नभएको विषयमा अनुगमन हुनु पर्नेमा जोड दिनुभयो ।
संसदमा सांसदहरुले महिला हिंसाका विषयलाई प्रभावकारी रुपमा उठाउनु पर्ने, विद्यालय तहदेखि नै महिला हिंसाका विषयमा सचेतना जगाउनु पर्ने, पीडितले थप पिडा खेप्नु पर्ने गरी समाचारहरू दिन नहुने लगायतका विषयमा समेत सहभागी पत्रकारहरुले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button