‘हवाई सुरक्षा मापदण्डका सन्दर्भमा निगम प्रतिबद्ध’
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आइतबार विज्ञप्तिमार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयरबससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधारमा जहाज उडाइएको जनाएको छ ।
सन् २०२१ जनवरी ८ मा कतार, दोहाबाट काठमाडौँ आएको आरए २४० नं को उडान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ‘हार्ड ल्यान्डिङ’ भएको विषय नियमित ‘फ्लाइट डेटा’ विश्लेषण कार्यक्रममार्फत यही फेब्रुअरी ९ मा पत्ता लगाइएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणालीबमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईका संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिषकुमार साह तथा डम्बर रावत समेतको छानबिन समिति फागुन ११ मै गठन भई कार्यारम्भ भइसकेको समेत निगमले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्