३० करोड लागतमा ‘वाटर पार्क’ सञ्चालनको अन्तिम तयारी
सुनसरी । औद्योगिक र व्यापारिक ‘हब’ बन्दै गएको सुनसरीको इटहरी उपमहानगरपालिकामा ३० करोड लागतमा ‘वाटर पार्क’ सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।कोभिड १९ को कारण १ वर्ष पछि धकेलिएको पार्कको औपचारिक रुपमा खुल्ला गरिएको पार्कका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।
जल पर्यटन व्यवसायमा पनि लगानी बढ्न थालेको छ । इटहरी २ स्थित ६ बिगाहा क्षेत्रफलमा फैलिएको यो पार्क धेरै सुविधा भएको नेपालको पहिलो मनोरञ्जन पार्क हो । ‘वाटर पार्क’ अध्यक्ष पौडेलले इटहरी आउने पर्यटकलाई लक्ष्य गरी वाटर पार्क निर्माण गरिएको र यसले पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वी नेपाल र छिमेकी मुलुक भारतका पर्यटकलाई लक्षित गरी ताल तलैया नजिकै खोलिएको पार्कमा दैनिक १ हजार पर्यटक अट्न सक्ने बताइएको छ । पूर्ण रुपमा प्रशोधित पानीको प्रयोग हुने स्प्लासमा बच्चादेखि वयस्कसम्मले पानीमा मनोरञ्जन लिन सक्ने गरी विभिन्न संरचना निर्माण गरिएको अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार यस पार्कमा ३ फिट मुनि र ७० वर्ष माथिका व्यक्तिलाई कुनै शुल्क लाग्दैन भने विद्यार्थीलाई विशेष सहुलियत छ । पार्कमा पानीसँगै खेल्ने अत्याधुनिक ८ वटा स्लाईड रहनेछन् । एक स्लाईडमा एक पटकमा ८ जनाले खेल्न सक्ने पार्कमा दैनिक ५ हजार मानिसले मनोरञ्जन लिन सक्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्