तपाईँ सुन्दै हुनुहुन्छः

आज ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना निको

काठमाडौँ । आज ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  देशभर २ हजार ५ सय ३२ वटा नमूनाको परीक्षण गर्दा ४८ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट आज ८२ जना निको भएका छन् । यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ४ सय ७ पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण आज १ जनाको मृत्यु भएसँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ७ सय ७४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button