तपाईँ सुन्दै हुनुहुन्छः

माझी समुदायको लदी पर्वमा सार्वजनिक दिने गाउँपालिकाको निर्णय

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले माझी समुदायले मनाउने विशेष पर्व लदीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले लदी पर्वका अवसरमा फागुन १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै माझी समुदायको विशेष पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो ।

सूचनामा गत फागुन ६ गते बसेको बैठकले फागुन १८ गते पर्ने माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

गाउँपालिकामा माझी समुदायको बाहुल्यता रहेकाले उक्त दिन बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

बकैया गाउँपालिकामा माझी समुदायले विशेष कार्यक्रमको आयोजना गरेर लदी पर्व मनाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button