थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४८ जना सङ्क्रमणमुक्त

काठमाडौँ । आज थप ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभर २ हजार ८ सय २४ वटा नमुनाको परीक्षण गर्दा ४६ पुरुष र ३५ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज ४८ जना निको भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ३ सय २५ पुगेको छ ।
आज कोरोना सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ७ सय ७३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्