विदेशको दुख सम्झेर गाउँमै उद्योग सञ्चालन
बझाङ । बझाङको दुर्गम सुर्मा गाँउपालीका ३ घर भएका सन्तोष बोहराले विदेशको दुख समस्या सम्झेर आफ्नै गाउँघरमा उद्योग सञ्चालन गर्नुभएको छ । मलेसियामा ३ वर्ष बसेर त्यहाँका दुख, समस्या र मेहनत सम्झेर आफ्नै गाँउठाँउमा केही गरेर खानुपर्छ भन्ने सोचबाट इँटा उद्योग खोलेको बोहोरा बताउनुहुन्छ ।
बालुवा, सिमेन्ट राखेर घर बनाउने इँटाको मेसिन ल्याएर उहाँले जिल्लामा नयाँ उद्योगको सुरुवात गर्नुभएको हो । ५ लाख लगानीमा सञ्चालित उद्योगबाट दैनिक ३ सय इँटा उत्पादन हुन्छ, उद्योगमा ५ जना कामदार रहेका छन् ।
मेसिन खरिद गरी धनगढीबाट मिस्त्री बोलाएर एक हप्तामा आफैले काम सिकेर शुरु गर्नुभएको उद्योगमा अहिले इँटा बनाउने चाप छ, भ्याइनभ्याइ छ ।
सामाग्री साथै कामदारको खर्च कटाएर अहिले मलेसियाको भन्दा राम्रो कमाइ भइरहेको बोहोराले बताउनुभयो । जिल्लामा पहिलो पटक यस्तो प्रविधिबाट इँटा बनाइने हुँदा उद्योग सबैका लागि उदाहरणीय भएको छ ।








प्रतिक्रिया राख्नुहोस्