लागु औषधसहित दुई जना पक्राउ
कञ्चनपुर । लागु औषधसहित कञ्चनपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको वेदकोट नगरपालिका–१० बस्ने २३ वर्षीय पुष्पमणी थापा र ३० वर्षीय महेश बिष्टलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहर्री लयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले दोधाराचाँदनी झोलुङ पुलबाट महेन्द्रनगरतर्फ आउने क्रममा से २ प ३० नम्बरको मोटरसाइकल चेक जाँच गर्दा २ दशमलव ४७ ग्राम खैरो हिरोइन र १ दशमलव १४ ग्राम चरे सहित दुवै जनालाई पक्राउ गरिएको जानकारी दिनु भएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्