तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

काठमाडौँ।नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ ।

सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

नेता महतले भन्नुभयो, “नेकपा कसरी अघि बढ्छ भनेर अहिले परिपक्व स्थिति बनेको छैन् । अहिले पनि नेकपा एउटै छ । नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ, यो अवस्थामा उहाँहरुको पार्टी भोलि कसरी अघि बढ्छ । एकै रहन्छ वा अर्काे परिस्थिति आउँछ भन्ने विषय कांग्रेसको नियन्त्रणभित्रको कुरा होइन ।” कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ताव आएको छ नि भन्ने प्रश्न उहाँले अहिले त्यसको कुनै अर्थ नरहेको जवाफ दिनुभयो ।

सर्वाेच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघट्न सम्बन्धमा परेका विभिन्न रिटको सुनवाइ गर्दै पुनःस्थापना गर्ने फैसला गरेपछि नयाँ राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button