मोटरसाइकल अनियन्त्रित भई ट्याङकरमा ठोक्किँदा एक जनाको मृत्यु

रुपन्देही । बुटवलमा मोटरसाइकल अनियन्त्रित भई ट्याङकरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–८ सिद्धबाबा हस्पिटल नजिक आज दिउँसो लु २२ प ५५६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना १ क ८२ ५२ नम्बरको ट्याङकरमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा परी पाल्पाको तिनाउ गाउँपालिका, कञ्चल घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३३ वर्षका तोलक बहादुर पुन मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते भएका पुनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्