नेपालगन्ज रङ्गशालाको स्विमिङ पुल २५ फागुनबाट सञ्चालनको तयारी
बाँके । नेपालगन्ज रङ्गशालाभित्र रहेको पौडी पोखरी १४ फागुनबाट परीक्षण हुने भएको छ । २५ फागुनदेखि सञ्चालन गर्ने तयारीस्वरुप १४ फागुनबाट परीक्षण सुरु गरिन लागेको मध्य पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो ।
उहाँले स्विमिङ पुल सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको बताउँदै २५ फागुनदेखि स्विमिङ पुल सञ्चालनका लागि १४ गतेदेखि परीक्षण गर्न लागिएको जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले २५ फागुनमा उद्घाटन गरेपछि विधिवत् रुपमा सञ्चालन हुने उहाँको भनाई रहेको छ ।
स्विमिङ पुल सञ्चालन हुनै लाग्दा कोरोनाका कारण लकडाउन भएपछि स्थगित भएको थियो । पुल सञ्चालनका लागि आवश्यक कर्मचारी र सामग्री व्यवस्थापन भइसकेको कार्यालय प्रमुख चन्दले बताउनुभयो ।
‘पानी भर्ने, सफा गर्ने र अवलोकनका लागि सिसि टिभी जडान भइसकेको छ । आपत्कालीन उद्धार र अन्य सहयोगका लागि जनशक्ति तयारी अवस्थामा राखिएको छ,’ उहाँले भन्नुभयो ।
नेपालगन्ज रङ्गशालाको स्विमिङ पुल बिहान, दिउँसो र बेलुका गरी दिनमा तीन सिफ्ट सञ्चालन हुनेछ । सबैलाई पायक पर्ने गरी समय निर्धारण गरिएको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्