तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित चार जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट चार जना व्यक्तिलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–८ लाङघाली चौकका ४५ वर्षीय यज्ञ बहादुर खडकाले आफ्नो घर कोठामा लुकाइराखेको लागु औषध डाइलेक्स डीसी १०० एम.एल. लेखिएको दुई बोतल, नाइट्रोजन ट्याब्लेट १ सय ६५ चक्की र स्पास्मो प्रोस्कसेभोन ७२ क्याप्सुल र सोही ठाउँका २९ वर्षीय आकाश श्रेष्ठ समेतलाई लागु औषधसहित पक्राउ गरेर सुनसरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।
उता धरान–७ तरेवा होटल अगाडीबाट धरान १३ का २६ वर्षीय ओम प्रकाश कार्कीलाई लागु औषध खैरो हेरोइन १ ग्राम ६०० मिलिग्रामसहित पक्राउ गरिएको छ ।
उता धरान १५ सयपत्री मार्गबाट समेत ४० वर्षीय कृष्ण थापा मगरलाई लागु औषध १ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरिएको छ ।
उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button