घरको छतबाट खसेर एक जनाको मृत्यु
भद्रपुर, झापा । झापाको दमक नगरपालिका–१ स्थित मनकामना टोलका ४५ वर्षीय दिलबहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ ।
मंंगलबार दिउँसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाइते भएका कुमालको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्