झापामा जबरजस्ती करणी मुद्दाका फरार दुई अभियुक्त पक्राउ

भद्रपुर, झापा । झापामा जबरजस्ती करणी मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन् ।
झापा जिल्ला अदालतको २०७५ पुस १६ गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा एक–एक वर्ष कैद सजाय तोकिएर हालसम्म फरार रहेका दमक नगरपालिका–९ बस्ने २० वर्षीय सङ्गम पाँचकोटी र सोही ठाउँका १९ वर्षीय ओम भनिने अमन धिमाल पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
उनीहरूलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कैद भुक्तानको लागि दुवै जनालाई झापा कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्