मोटरसाइकलको ट्रायल परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले मोटरसाइकलको प्रयोगात्मक (ट्रायल) परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका—५, घर भएका रंगबहादुर मल्ल र निरक चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय सुर्खेतले मङ्गलवार वीरेन्द्रनगरमा सञ्चालन गरेको सवारी चालक अनुमति पत्र मोटरसाइकलको प्रयोगात्मक परीक्षामा अनुचित लाभका लागि मल्लले आफ्नो सट्टामा चन्दलाई परीक्षा दिन लगाएको पाइएपछि दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानसहित आवश्यक कारबाही सुरु गरिएको प्रहरी प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका उपर मलुकी अपराध सहित ऐन २०७४ अनुसार एक वर्ष कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुन व्यवस्था रहेको छ ।
यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउनेलाई समेत नियन्त्रणमा लिएर कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्