तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरकी १४ वर्षीय बालिका दुई दिनदेखि बेपत्ता 

कञ्चनपुर । कञ्चनपुरबाट एक १४ वर्षीय बालिका दुई दिनदेखि बेपत्ता भएकी छिन् ।
जिल्लाको बेलडाँडी गाउँपालिका–१ नवज्योति टोल निवासी कन्हैयालाल कश्यप की १४ वर्षीय छोरी सुजाता कश्यप सोमबार दिउँसोबाट बेपत्ता भएकी हुन् ।
घरबाट सामान किन्न भनेर पसल गएकी उनको आजसम्म अवस्था अज्ञात रहेको पारिवारिक स्रोतले बताएको छ । बालिका हराएको र खोजबिन गर्ने प्रहरीमा निवेदन दिइएको वालिकाको परिवारले बतायो   । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बालीकाको खोजी कार्य भई रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button