तपाईँ सुन्दै हुनुहुन्छः

१ केजी ३९ ग्राम चाँदीसहित भारतीय नागरिक पक्राउ

सप्तरी । सप्तरीमा भारतबाट अवैध रुपमा चाँदी नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको विहार राज्य अन्तर्गत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम पक्राउ परेका हुन ।
सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीबाट १ केजी ३९ ग्राम चाँदीसहित उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।
बरामद गरिएको चाँदीसहित आलमलाई राजविराज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button