प्रिन्स फिलिपको स्वास्थ्यमा सुधार भएको प्रिन्स विलियमद्वारा जानकारी
राजकूमार (डुक अफ एडिनवर्ग) फिलिपको बुढ्यौलीका कारण देखिएको स्वास्थ्य समस्या क्रमशः ठिक हुँदै गइरहेको उहाँका छोरा तथा बेलायती राजपरिवारको दोस्रो उत्तराधिकारी राजकूमार विलियमले सोमबार बताउनुभएको छ ।
उनान्सय–वर्षीय राजकूमार प्रिन्सको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिन पहिले अस्पताल भर्ना गरी करिब एक हप्ताको उपचारपछि उहाँको स्वास्थ्य सामान्य हुँदै गएको उहाँले बताउनुभएको थियो ।
सञ्चारकर्मीले ३८ वर्षीय विलियमलाई पूर्वी इङ्ल्याण्डको एक खोप केन्द्रको निरीक्षण तथा अनुगमनका क्रममा सोधिएको प्रश्नमा प्रिन्स फिलिपले अस्पतालमा लगभग एक हप्ता बिताएको बताउनुभयो ।
“अहिले उहाँलाई ‘ठीक छ ।’ उनीहरू (चिकित्सक)ले उहाँको स्वास्थ्यको हेरचाह गरिरहेका छन् ।” विलियमले यस जानकारी पछि आँखा भिम्काउँदै पाको उमेरका राजकूमार फिलिपको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सङ्केत गर्नुभयो ।
प्रिन्स फिलिप ७३ वर्षदेखि महारानी एलिजावेथ द्वित्तीयको पतिका रूपमा सहकार्य गर्दै आउनुभएको छ । उहाँलाई गत मङ्गलबार लन्डनको निजी किंग एडवर्ड सातौं अस्पतालमा भर्ना गरिएको थियो । उहाँको अस्पतालको बसाइलाई बकिंघम प्यालेसले उपचार नभई ‘सावधानीको उपाय’ भनेको छ ।
दरबार स्रोतहरूका अनुसार उहाँको अस्पताल भर्ना कोरोनाभाइरससम्बन्धी नरहेको र स्वास्थ्य उत्साहजनक रहेको बताइएको छ ।
विलियमका बावु राजकूमार चाल्र्सले शनिबार आफ्ना बावु फिलिपलाई अस्पतालमा भेट्न जानु भएपनि उहाँको स्वास्थ्यको बारेमा टिप्पणी भने गर्नुभएन ।रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्