ताजा जनादेशमा जानुको विकल्प छैन : उपप्रधानमन्त्री पोख्रेल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोख्रेलले अहिलेको अवस्थामा ताजा जनादेशमा जानु नै सबैको हितमा हुने बताउनु भएको छ । प्रेस संगठन नेपाल, चितवन शाखाले आज (मंगलवार) भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोख्रेलले ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प भएको बताउनु भएको हो ।
“बैशाख १७ र २७ गते निर्वाचन हुँदैछ, यो निर्वाचन ताजा जनादेशका लागि हुँदैछ, उहांँले भन्नुभयोे, ताजा जनादेशमा जानुनै हामी सबैको हित हुन्छ । यसले नेपाली जनताले आफुले इच्छाएको पार्टी र प्रतिनिधिलाई मतदान गरेर बिजयी बनाउने अवसर आएको छ ।“
ताजा जनादेशमा जाने बिषय असंवैधानिक र अलोकतान्त्रिक नहुने भन्दै उहांँले भन्नुभयो , “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन्छ ? चुनाव टार्ने चुनाव हुन नदिने कोशिसहरुलाई पो त्यसरी भन्न सकिन्छ ।“ उहांँले चुनावमा सबै दल सहभागी हुने पनि बताउनु भयो । ‘जसले जे जे भने पनि आखिर सबै चुनावमा जानुको विकल्पनै छैन ।’ पोख्रेलले भन्नुभयो ।
उहांँले रानीजितिक स्थायीत्व र विकासका लागि नै हिजोको दिन पार्टी एकता गरिएको भएता पनि पुनः संकट आइपरेकोले अहिले ताजा निर्वाचन मार्फत ताजा जनादेशमा जाने निर्णय भएको बताउनुभयो । “रानीजितिक स्थायीत्व, आर्थिक बिकास र समृद्धिका, राष्ट्रिय स्वाभिमानका लागि रानीजितिक स्थिरता आवश्यक थियो त्यसैका लागि पार्टी एकता भएको हो ।
तर फेरी केही संकट आएकोले फेरी ताजा जनादेशमा जाने निर्णय भएको हो“, उहांँले भन्नुभयो । उहांँले निर्वाचनका लागि निर्वाचन आयोग र सुरक्षा निकायहरुले पनि तयारी गरिरहेको जानकारी दिनुभयो । सो क्रममा बोल्दै पोख्रेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले नै सुर्य चुनाव चिन्ह पाउने बताउनु भयो ।
निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह खारेज गर्ने कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उहांँले भन्नुभयो , “केपी ओलीले नेतृत्व गरेको नेकपाले नपाएर अरुले सुर्य चिन्ह पाउँछन् भनेर हामी विश्वास गर्दनौं ।“ उपप्रधानमन्त्री पोख्रेलले अन्तरविरोध र ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्ति कारण नै अहिलेको अवस्था सृजना भएको उहांँको भनाई थियो ।








प्रतिक्रिया राख्नुहोस्