सहकारीलाई सरकारले कडा निगरानी राख्ने : मन्त्री तुम्बाहाम्फे

रुपन्देही । भुमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले समस्याग्रस्त सहकारीलाई सरकारले कडा निगरानी राख्ने बताउनुभएको छ ।
बुटवलमा २ दिनसम्म चलेको सहकारीमार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भुमिका विषयक प्रादेशिक गोष्ठीको समापन गर्दै मन्त्री तुम्बाहाम्फेले केही व्यक्तिका कारण सहकारीहरु समस्याग्रस्त हुने गरेको र सदस्यहरुको बचत जोखिममा पर्ने गरेको बताउँदै त्यस्ता समस्याग्रस्त सहकारीहरुलाई कडा नियमन गर्ने बताउनुभयो । उहाँले सहकारी ऐनको पूर्ण कार्यान्वयन भएमा मात्र सहकारीले मार्गदर्शन गरेको सिद्धान्त पुरा हुने भन्दै ऐनमा केही कमजोरी भएमा सच्चाउने बताउनुभयो ।
उहाँले सहकारी अर्थतन्त्रका तीन खम्बा मध्ये एक रहेको भन्दै सहकारीको माध्यमबाट समृद्धि परिकल्पना गरिएको बताउनुभयो । उहाँले सहकारीले विकास र आर्थिक समृद्धीमा जाड्ने काम गरेको समेत बताउनुभयो ।
उहाँले सहकारीको माध्यमबाट महिलाहरुलाई एकिकृत गर्ने र महिलाहरुलाई उद्यमसगँ जोड्ने काम पनि गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्