तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको छालासहित तीन जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट चितुवाको दुई थान छातासहित सल्यानका तीन जनालाई पक्राउ गरिएको हो । गए राति १० बजे पक्राउ परेका उनीहरूलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाघचौर–३ चौरपानीका ३१ वर्षका जित बहादुर डिसी, कुमाख गाउँपालिका–३ मर्म पोडीकाराका २४ वर्षका हिमेद्र वली र कुमाख गाउँपालिका–७ जिमालीका २१ वर्षका कमल डिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जितबहादुरले दुई बर्ष अघि पासोमा पारेर मारेको चितुवाको छाला बेच्न नेपालगञ्ज जाँदै गर्दा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

प्रहरीले १० लाख भारतीय रुपैयाँसहित भारत दिल्लीका मुनवर खानलाई पनि पक्राउ गरेको जनाएको छ ।

यस्तै प्रहरीले डेढ लाख रुपैयाँसहित ९ जना जुवाडेलाई पनि पक्राउ गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button