तपाईँ सुन्दै हुनुहुन्छः

आधुनिक शौचालय भवन निर्माण कार्य शुरु


कञ्चनपुर ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको पर्यटकीय क्षेत्र शोभा तालको घेरपर्खाल र आधुनिक शौचालय भवन निर्माण कार्य शुरु गरिएको छ ।

सोमबार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले शिलान्यास गर्नुभएको बेलौरी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य कृपाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार, शोभा तालमा पर्याटकीय गतिविधि बढाउन र आवश्यक व्यवस्थापन गर्न उक्त कार्य थालिएको हो ।

योसँगै उक्त क्षेत्रमा प्रवेशद्वार, टिकट काउन्टर र ५०० मीटर वरिपरी इन्टरनल ब्लक विच्छ्याउने काम समेत सञ्चालनको योजना रहेको छ । उक्त संरचनाहरु शहरी विकास मन्त्रालयको बजेटबाट निर्माण हुन लागेको नगर प्रमुखका स्वकीय सचिव जय बहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button