तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको रोजाईमा बन्दिपुरको प्याराग्लाइडिङ

तनहुँ।तनहुँको बन्दिपुरमा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटक बढेको छ । बन्दीपुरको प्याराग्याइडिङ पर्यटकको रोजाईमा पर्न थालेपछि भीड बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।

बन्दीपुरमा आन्तरिक पर्यटकहरु बढ्दै गएको र प्याराग्याइडिङमा रमाउनेको सङ्ख्या पनि वृद्धि हुन पुगेको अध्यक्ष प्रधान बताउनुहुन्छ । शाहसिक पर्यटकको लागि बन्दीपुरको थानीमाई डाँडाबाट प्याराग्लाइडिङ गरी बन्दीपुरकै वडा नम्बर २ को भुमर्सेमा अवतरण गर्ने सुविधा रहेको छ ।

समितिका अनुसार पोखराको ब्लु स्काई, बन्दीपुर प्याराग्लाइडिङ लगायतका ४ वटा कम्पनीले पर्यटकहरुलाई प्याराग्लाइडिङ गराउँदै आएका छन् । पोखराको ब्लु स्काइले पर्यटकलाई प्याकेज बनाएर उडाउने गरेको समितिले जनाएको छ । ती कम्पनीहरुले तीन वर्ष अघि देखि नै कम्पनी दर्ता गरी प्याराग्लाइडिङ थालेको समितिका पूर्व अध्यक्ष बैस गुरुङले जानकारी दिनुभयो ।

विगतका वर्षहरुमा चीन, अमेरिका, फ्रान्स, इटाली, जर्मन लगायतका पर्यटक आउने गरेकोमा कोरोना भाईरसको प्रभावले गर्दा आन्तरिक पर्यटक मात्रै आकाशमा रमाउने गरेको गुरुङ बताउनुहुन्छ । शोलुखुम्बुबाट आई बन्दीपुरबाट प्याराग्लाईडिङ गर्नु भएको तेम्बा शेर्पा चार पटक सम्म प्याराग्लाईडिङमा रमाएको जानकारी दिनुभयो ।

‘‘एक नाशको हावा आईरहने भएकोले लामो समय सम्म आकाश बस्न सकिन्छ साथै प्राकृति दृश्यहरु रमणीय भएकाले प्याराग्लाइडिङको लागि उपयुक्त छ’’ शेर्पाले भन्नुभयो ।बन्दीपुरको प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाँडाकाडा सुन्दरबस्ती, टार, नदी खोलाका साथै अन्य रमणीय स्थलहरु देख्न सकिने भएकाले विदेशी पर्यटकको आकर्षण बढेको बन्दीपुर क्याम्पसका सहायक प्रमुख गोवर्धन भट्टराई बताउनुुहुन्छ ।

प्याराग्लाइडिङको आर्कषण बढाउने थानीमाई जाने सडकको स्तर उन्नति गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउनुहुन्छ । प्याराग्लाइडिङ स्थलसँगै मिनि ग्रेटवाल निर्माण भईरहेको र साईकल लेन निमार्ण कार्य पुरा भएको गाउँपालिकाका अध्यक्ष थापाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button