तपाईँ सुन्दै हुनुहुन्छः

१ न. प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव  पेश

मोरङ । प्रदेश नं १ को प्रदेश सभामा प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव  पेश भएको छ ।

प्रदेशसभामा सभामुख  प्रदीपकुमार भण्डारीले अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव  पेश गर्ने अनुमति दिनु भएपछि सो प्रस्ताव सदनमा टेवुल भएको हो ।

आज २ बजे बोलाइएको  बैठक अपराह्न ३ः५५ बजे शुरु भई करिब ६ मिनेट मात्र सञ्चालन भएको थियो ।

प्रदेश सभाको अर्को बैठक यही फागुन २० गते १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button