तपाईँ सुन्दै हुनुहुन्छः

लेथ मेसिनमा गलबन्दी बेरिएर एक युवकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ्गमा आइतबार ग्यारेजमा मेसिनमा गलबन्दी बेरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

ग्यारेजमा काम गर्ने क्रममा लेथ मेसिनमा गलबन्दी बेरिएर मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिकाका–१९ वर्षीय अरबिन्द कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा–११ स्थित एक गाडी मर्मत गर्ने ग्यारेजमा काम गर्दै आएका ठाकुरको मेसिनमा परेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यारेजको लेथ मेसिन चलाउने क्रममा ठाकुरको घाटीमा लगाएको गलबन्दी मेसिनमा बेरिदा घाँटी च्याप्पिएर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button