तपाईँ सुन्दै हुनुहुन्छः

बाराका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणको क्रममा बाराका तिन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पर्सा र बाराको विभिन्न स्थानबाट सङ्कलन गरी ल्याइएको ३८ जनाको स्वाब परिक्षण गर्दा बाराका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६  निवासी २९ वर्षीय पुरुष, निजगढ नगरपालिका वडा नम्बर ९ निवासी ३४ वर्षीय पुरुष र कलैया उपमहानगरपालिका वडा नम्बर १८ निवासी ५३ बर्षिया महिला भएको डा.दासले जानकारी दिनुभयो ।

स्वाब परीक्षण गरिएका पर्साका २८ जनाको रिपोर्ट नेगेटिभ आएको र बाराका १० जना मध्ये ३ जनामा सङ्क्रमण देखिएको डा. दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button