उपकुलपति तथा रेक्टरको कार्यकक्षमा लगाइएको तालाबन्दी खुल्यो
सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सा तथा दन्तचिकित्स शिक्षण कल्याण समाजले उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी तथा शिक्षाध्यक्ष प्रा. डा. गुरु प्रसाद खनालको कार्यकक्षमा लगाएको ताला खोलिएको छ ।
समाजका साथै प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी तथा अस्पताल निर्देशक प्रा. डा. गौरीशङ्कर साह गरी चारै पदाधिकारीहरू बिच भएको वार्तामा सहमति भएपछि समाजले ताला खोलेको हो ।
वार्ताबाट फ्याक्ल्टीहरुको बढुवा सम्बन्धमा एक महिनाभित्र प्रमोसनको विज्ञापन प्रकाशित गर्ने, जोखिम भत्ता फाल्गुन १४ गतेभित्र वितरण गर्न सुरु गर्ने र अन्य मागहरूका सम्बन्धमा एक हप्ताभित्र तार्किक निष्कर्षमा पुग्ने गरी कार्य गर्ने समेत सहमति भएको छ ।








प्रतिक्रिया राख्नुहोस्