तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले खरिद गरेको १० लाख डोज खोप काठमाडौँ आइपुग्यो

तस्बिर : गोरखापत्र

काठमाडौं । सरकारले भारतबाट खरिद गरेको कोरोना भाइरस विरूद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ ।

यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आज  १० लाख डोज खोप आज  काठमाडौं आइपुगेको हो  ।

सरकारले भारतको खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको थियो ।

यसअघि भारतले अनुदानमा उपलब्ध गराएको १०  लाख डोज खोप समेत सिरम इन्स्टिच्युटकै उत्पादन ‘कोभिशिल्ड’ हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button