पाँच महिनामा पाँच सय पाँच फरार प्रतिवादीलाई पक्राउ
सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले पाँच महिनामा पाँच सय पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउने अप्रेसन थालिएसँगै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहका अनुसार देवानी र फौजदारी मुद्दामा जिल्ला अदालत राजविराजबाट कैद र जरिवाना तोकिएका पाँच सय पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
उनीहरूमाथि ६५ वर्ष छ महिना २२ दिन कैद र १२ लाख ७७ हजार ७ सय २६ रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी छ ।
गत असोज ७ गतेदेखि फागुन ७ गतेसम्म पक्राउ गरिएको उनीहरूलाई कैद र जरिवाना भुक्तान गर्न अदालतमा दाखिला गराइएको प्रहरी नायव उपरीक्षक साहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्