तपाईँ सुन्दै हुनुहुन्छः

निजी अस्पतालहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले निजी अस्पतालहरूलाई गरिब र निमुखा जनताहरूको निःशुल्क उपचार गरी सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह गर्नुभएको छ ।

वीरगन्जको बिर्तास्थित श्रीराम अस्पतालको आज एक समारोहका बिच उद्घाटन गर्नुहुँदै उहाँले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य अवस्था अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य एवम् श्रीराम अस्पतालकी सञ्चालक भिमा यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, लक्ष्मणलाल कर्ण, प्रदेशसभा सदस्य करिमा बेगम, सिंहासन शाह कलवार लगायतको उपस्थिति थियो ।

त्यस अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा एक महिलासहित ४१ जनाले रक्तदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button